कोरिया जाने कामदारले क्वारेन्टाइन खर्च १५ सय डलर तिर्नुपर्ने
वीरेन्द्र सैनिक अस्पतालमा कोभिडविरुद्धको खोप पाउने

काठमाडौँ- कोरिया जाने नेपाली कामदारले कोभिडविरुद्धको खोप लगाउनुपर्ने भएको छ । ईपीएस कोरिया शाखाले प्रकाशित गरेको ११९ जनाले वीरेन्द्र सैनिक अस्पतालमा छाउनीमा गई खोप लगाउनु पर्नेछ ।
एक डोज मात्र लगाएकाले पनि लगाउनुपर्ने र अहिलेसम्म नलगाएकले पनि खोप लगाउनुपर्ने शाखाले आग्रह गरेको छ । कोरिया जानेले शाखाले तोकेको बीमा कम्पनीमा कोभिड बीमा गर्नु पर्नेछ ।
कोरियामा आफ्नै खर्चमा कामदारले क्वारेन्टाइनमा बस्नुपर्ने छ । क्वारेन्टाइन खर्च अमेरिकन १५ सय डलर तिर्नुपर्नेछ । उडान हुनुभन्दा ४८ घण्टा पहिले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने छ । कोभिड नेगेटीभ रिपोर्ट आएकाले मात्र उडान पाउने भएका छन् ।
सन् २०१९ मा फर्केका कमिटेड कामदारहरू जान पाउने भएका हुन् । सीसीभीआईमा प्रकाशित नाम भएकाहरू मात्र जान पाउने छन् । पहिलो चरणमा ५० जना कात्तिक १० जना पाउने भएका छन् ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया