कपडाभित्रको दृश्य पनि खिच्ने वनप्लस क्यामेरा

काठमाडौँ- स्मार्टफोन कम्पनी वन प्लसको एक फोनमा रहेको क्यामेराले कपडाभित्रको दृश्यसमेत खिच्न सक्छ । हाल भने उक्त स्मार्टफोनको एउटा विवादित क्यामेरा फिचरमाथि प्रतिबन्ध लागेको छ ।
मानिसले लगाएको कपडाभित्रको दृश्यसमेत खिच्न सक्ने भनिएको उक्त एक्सरे भिजन स्मार्टफोन क्यामेरालाई लिएर प्रयोगकर्ताहरुले व्यापक रुपमा चिन्ता व्यक्त गरेसँगै उक्त क्यामेरा फिचरमाथि कम्पनीले प्रतिबन्ध लगाएको थियो ।
वन प्लस फोनको क्यामेरामा रहेको फोटो क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको हो । उक्त क्यामेराले पातलो प्लास्टिक तथा कपडाले छोपिएको चिजको समेत फोटो युट्युबमा भाइरल भएको थियो । फोन निर्माता कम्पनीले नयाँ डिभाइसका लागि एक सफ्टवेयर अपडेट जारी गरेपछि उक्त अपडेटसँगै यो फिचरभने बन्द भएको छ । यस अपडेट अगाडि नै केही युट्युब प्रयोगकर्ताले सो क्यामेराबाट तस्बिर खिचेर सोसल मिडियामा शेयर गरिसकेका थिए ।
युट्युब तथा फेसबुकमा सेयर गरेको उक्त फोटो भाइरल भएपछि कतिपय प्रयोगकर्ताले यसबारेमा चिन्ता व्यक्त गरेपछि वनप्लसको यो फिचर विवादित भएको थियो । सो लगत्तै कम्पनीले नयाँ अपडेट गरेर यस फिचरलाई बन्द गरेको थियो ।

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

प्रतिक्रिया