लुम्बिनीमा अवरोधकैबीच बजेट ल्याइँदै

बुटवल – लुम्बिनी प्रदेश सरकारले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापनगरी नयाँ बजेट संसदमा पेस गर्दै छ । प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट पेस गर्नेछन् । सरकारले बजेटको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । तर, प्रदेशसभा बैठकमा विपक्षी नेकपा एमालेले दुई जना सांसदलाई कारबाही नगरेको भन्दै निरन्तर अवरुद्ध गर्दै आएको छ । अहिलेसम्म सहज वातावरण नबनेकाले मार्सल लगाएर बजेट ल्याउने संकेत सरकारले गरेको छ ।
साउन २८ गते शंकर पोखरेल नेतृत्व सरकार विस्थापित गरी माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा माओवादी नेतृत्वमा सरकार बनेको हो । तर, संसदमा भने विपक्षी एमालेले निरन्तर अवरोध गर्दै आएको छ । मुख्यमन्त्री केसीले विश्वासको मतसमेत नाराबाजी र एमालेको बहिष्कारबीच लिएका थिए । नयाँ सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दासमेत सरकारले बजेट ल्याउन नसेकेको भन्दै आलोचना भइरहेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गरेर नयाँ सरकारको सोच र योजना अनुसारको बजेट ल्याउने गरी परिमार्जन समेत गरिएको छ ।
तर, प्रदेशसभामा कसरी लैजाने भन्ने विषयमा भने सरकार समेत अलमलमा छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्ने कार्यसूची छैन । तर, विपक्षीले एमालेको अवरोध र उसको भूमिकालाई हेरेर बुधबारै नै बजेट ल्याउने सरकारको तयारी छ । आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले भने, 'बजेटको काम पुरा भएको छ । संसद्मा विपक्षीको प्रतिक्रियाका के हुन्छ, त्यही आधारमा हामी अघि बढ्छौं ।'
शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । पूर्ववर्ती सरकारले ल्याएको बजेटका केही कार्यक्रम विस्थापित गर्दै नयाँ कार्यक्रमसहित बजेट ल्याउने तयारी भइरहेको मन्त्री खड्काले बताए । प्रतिस्थापन विधेयकमार्फत ल्याउन लागिएको बजेटमा लुम्बिनी प्रदेश बैंक स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन, कोरोना नियन्त्रण र राहत जस्ता केही नयाँ कार्यक्रम समावेश गरिएको छ ।
यसअघि सरकारले ल्याएको निर्वाचन क्षेत्र विकास कार्यक्रम र जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई भने कटौती गरेको छ । अघिल्लो सरकारले ल्याएको बजेटकै हाराहारीको बजेट आउनेछ । अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाउने छ भने केही नयाँ सरकारको प्राथमिकताका कार्यक्रम हुने आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव बाबुराम अधिकारीले बताए । उनकाअनुसार बजेटको आकार र कार्यक्रमहरूमा धेरै फरक हुनेछैन । तर, वर्तमान सरकारको दृष्टिकोण र सोच झल्कने गरी बजेटमा कार्यक्रम समावेश भएको बताए । अघिल्लो सरकारले १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो ।
प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताएको छ । एमालेलेका प्रमुख सचेतक भुमिश्वर ढकालले आफुहरुको मागका सम्वन्धमा कुनै सुनुवाई नभएकोले अवरोध कायमै रहेको बताए । स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दाबी गर्दै उनीहरूलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । संसदमा बैठकमा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची छ ।
बजेटसम्बन्धी अध्यादेश खारेजीको प्रस्ताव
लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले आर्थिक वर्ष २०७८/०७९ को प्रदेश सरकारको बजेट आज १ बजे सदनमा पेश गर्ने निर्णय गरेको छ । बुधबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले तयार पारेको बजेट संसद्मा पेस गर्नका लागि अनुमति प्रदान गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षताा बसेको मन्त्रिपरिषद्ले तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको कार्यकालमा अध्यादेशबाट लिएकोलाई नीति, कार्यक्रम र बजेट परिमार्जनसहित सदनमा प्रस्तुत गर्ने भएको निर्णय लिएको हो ।
अघिल्लो प्रदेश सरकारले लिएको बजेट सम्वन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लग्ने भएको छ । जसमा प्रदेश सरकारको अर्थ समन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार दिन अधिकार सम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया