सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

कांग्रेस नेता सिंह र नेकपा महासचिव चन्‍दबीच भेटवार्ता

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्‍दबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो । भेटमा पछिल्‍लो समसामयिक राजनीतिक विषयमा छलफल भएको चन्‍दको सचिवालयले जनाएको छ । 

सचिवालयकाअनुसार सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्‍वयनका विषयमा छलफल भएको हो ।