ईपीएलको उपाधि भिडन्तमा चितवनको स्थान सुरक्षित

काठमाडौँ- चितवन टाइगर्स बुधबार एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थि त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रतियोगिताको पहिलो क्वालिफायरमा चितवनले पोखरा राइनोजमाथि नौ विकेटको जित हासिल गर्यो ।
टस जितेर फिल्डिङ रोजेको चितवनले पोखरालाई ६६ रनमा सीमित गरेको थियो । ६७ रनको सामान्य लक्ष्य चितवनले ७.५ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । पोखरालाई सस्तैमा समेट्न शहाव आलम र सागर ढकालले धारिलो बलिङ गरे । शहावले १० रन खर्चेर चार विकेट लिए । सागरले पनि १४ रन खर्चिदै चार विकेट नै हात पारे ।
पोखरालाई रिचार्ड लेभी र सुनिल धमलाले औसत सुरुवात दिलाएका थिए । रिचार्डले १९ रन बनाएका थिए भने सुनिलले १८ रन जोडे । यी दुईबाहेक सुशन भारी (१२)ले मात्रै दोहोरो अंक छुए । सुशन शहावको बलमा पभेलियन फर्किए ।
शहावले नै कप्तान विनोद भण्डारी र नन्दन यादवलाई पनि शून्यमा आउट गरे । तेस्रो नम्बरमा ब्याटिङ गरेका सहान अराछिगेलाई पनि शहावले तीन रनमा सीमित गरे । त्यसैगरी, सागरको बलमा ओपनर सुनिलबाहेक असेला गुणरत्ने (१), विवेक यादव (२) र विक्रम सोब (३) पभेलियिन फर्किए ।
विजयी टिम चितवनका लागि ओपनर मोहम्मद शाहजदले ४८ रन बनाए । २६ बल सामना गर्दा उनले दुई छक्का र सात चौका प्रहार गरे । अर्का ओपनर हसिम अन्सरीले अविजित १४ रन बनाए । बलिङतर्फ पोखराका नन्दन यादवले एक विकेट हात पारे ।
पराजित पोखराका लागि फाइनल प्रवेशको ढोका बन्द भइसकेको छैन । उसले दोस्रो क्वालिफायर खेल्नेछ । जहाँ पोखराको भेट इलिमिनेटरमा विजयी हुने टिमसँग हुनेछ । इलिमिनेटरमा भैरहवा ग्लाडियटर्स र काठमाडौँ किंग्स इलेभेन भिडिरहेका छन् । भैरहवा र काठमाडौँबीच विजयी हुने टिम र पहिलो क्वालिफायर हार्ने पोखराबीचको विजयी टिम फाइनल प्रवेश गर्नेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया