बुद्धभूमिको आईपीओ शुक्रबार बाँडफाँट गरिने

काठमाडौँ - बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार यसको प्री–अलोटमेन्ट बुधबार सम्पन्न भएपछि शुक्रबार साधारण सेयर बाँडफाँट गरिने तय भएको हो ।
बुद्धभूमिले ११ असोजबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
बुद्धभूमिको आईपीओमा २१ लाख ४२ हजार जना आवेदकबाट दुई करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन माग गरिएकोभन्दा ३६ दशमलव १८ गुणा बढी हो ।
रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आईपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले औसतभन्दा कम जोखिम व्यहोर्न सक्ने कम्पनी भएको जनाउँछ । बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव ९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया