एमालेद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार
बुटवल- प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ। अहिले ४ बजेदेखि सुरु भएको नवौं अधिवेशको सातौं बैठक एमालेले बहिस्कार गरेको हो।
बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयक पेश गरिरहेका छन्। यसअघि दिउँसो १ बजे बसेको बैठकमा एमालेले नाराबाजी गरेको थियो। पार्टीले कारबाही गरेका सांसदद्वय बिमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान एमालेले लिएको छ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया