शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

बंगलादेशी राजदूत चौधरी र परराष्ट्र मन्त्री खड्काबीच भेटवार्ता

काठमाडौँ - नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्दिन नोमान चौधरीले बुधबार परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग शिष्टचार भेट गरेका छन् । दुईबीचको भेटमा आपसी द्विपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ । 

‘परराष्ट्र मन्त्री डा.नारायण खड्का र बंगलादेशी राजदूत र सलाहुद्दिन नोमान चौधरीबीच भेटघाट भएको छ । उहाँहरूबीच द्विपक्षीय चासोका विषयमा छलफल भयो । दुई मुलुकबीचको सहकार्य र साझेदारी कसरी थप सुदृढ गर्ने भन्नेबारेमा पनि विवेचना भयो,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।