काठमाडौँ महानगरमा २२ गतेबाट १८ वर्षमाथिका सबैले खोप पाउने

काठमाडौँ- काठमाडौँ महानगरले १८ वर्षमाथिका सबैलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने भएको छ । महानगरले तीन दिन कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो । असोज २२ देखि सुरु हुने कार्यक्रम २४ गते सम्म हुने भएको हो । बिहान १० बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।
महानगरको सबै वडामा खोप लगाइने छ । परिचय खुल्ने फोटोसहितको परिचयपत्र लानुपर्ने छ । खोप लगाउन विद्युतीय दर्ता गरेका नागरिकहरूलाई वडा स्तरीय खोप समन्वय समितिले व्यवस्था गर्ने छ ।
अन्य खोप केन्द्रहरू नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, सिभिल अस्पाल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने महागरले जनाएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया