बस दुर्घटना सम्झँदै डोटीको जोरायलबासीले मनाए कालो दिन

डोटी – २० असोज ०७१ सालमा २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनालाई सम्झिएर जोरायलबासीले कालोदिन मनाएका छन् । ०७१ सालको दसैं सकिएको भोलिपल्ट ना. ३ ख ५७०७ नम्बरको सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी २९ जना स्थानीयबासीको अकालमै मृत्यु भयो भने अन्य ६८ घाइते भएका थिए । जिल्लाको सबैभन्दा ठूलो दुर्घटनालाई सम्झिँदै यहाँका स्थानीयबासीले आजको दिनलाई कालो दिनका रूपमा मनाएको जोरायल–५ का स्थानीयबासी चित्रराज भट्टले बताए । ‘जिन्दगीमा बिर्सिनै नसकिने ठूलो घटना भयो, जो अहिले पनि हामीमाझ झलझली सम्झनामा आउँछ, सोही दुःखद् घटनालाई सम्झेर आजको दिन हामीले कालो दिनका रूपमा मनाएका छौं,’ उनले भने ।
बसमा क्षमताभन्दा बढी यात्रु भएका कारण बसको पट्टा टुटेपछि उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलको प्रतिवेदनमा उल्लेख छ । उक्त दुर्घटनाका आरोपी बसका चालक विष्णु साहु अहिले कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् । घटनामा मृत्यु भएकाको सम्झनामा यहाँका नागरिकले बुधबार साँझ २९ दीप बालेर श्रद्धाञ्जलिसभासमेत गरेका छन् ।

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

प्रतिक्रिया