विवादले गुम्यो साराको ‘हिरोपन्ति’

मुम्बई : सारा अलि खान अहिले ‘कुली नं वन’को प्रचार गरिरहेकी छिन् । हलका लागि बनाइएको फिल्म अमेजन प्राइममा रिलिज हुँदैछ । तर, हलमा दौडेभन्दा कम दौडेका छैन फिल्मका मुख्य अभिनेता वरुण धवन र सारा ।
तर यही बीचमा साराका फ्यानलाई चित्त दुख्ने खबर बाहिरिएको छ । त्यो खबर हो, फिल्मबाट हात धुनु परेको । बलिउड हंगामाले लेखेको खबरअनुसार निर्माता साजिद नाडियावाला र फिल्मका हिरो टाइगर श्राफले ‘हिरोपन्ति २’मा सारालाई लिने गरी कुरा अगाडि बढाएका थिए । कुरा सारासम्म पनि पुगेको थियो । तर, यही बीचमा साराको नाम ड्रग्स विवादमा जोडियो ।
साइन गर्ने बेलैमा सारा विवादमा परेपछि टाइगर श्राफपछि हटे । साराको हातबाट छुटेर फिल्म तारा सुतरियाको भागमा पर्यो । तारा र टाइगरले ‘स्टुडेन्ड अफ दि इयर २’मा सँगै काम गरेका थिए ।अहिले ताराले ड्रग्सको मुद्दामा सफाइ पाइसकेकी छिन् र योसँगै अक्षयकुमारसँग ‘अतरंगी रे’को सुटिङ गरिरहेकी छिन् । यता टाइगर भने नयाँ वर्ष लागे लगत्तै युएईबाट फिल्मको सुटिङ गर्ने तयारी गरिरहेका छन् ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया