तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन

डोटी - जिल्लाका तीन पालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको छ । यूरोपियन यूनियन र डीसिएको साझेदारीमा सञ्चालन हुदै आएको परिवर्तन परियोजनाद्वारा यहाँका शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा गुनासो सुनुवाइ व्यवस्थापन समिति गठन गरिएको हो ।
नागरिकका गुनासा पालिकामै सुनुवाइ गर्ने उदेश्यका साथ उक्त समिति गठन गरिएको परिवर्तन परियोजनाले जनाएको छ । गुनासो सुनुवाइ व्यवस्थापन सम्बन्धि कार्यविधी, २०७८ को अभिमुखीकरण तथा सम्बादसँगै नगरपालिकाका हकमा उपप्रमुख तथा गाउँपालिकाका हकमा उपाध्यक्षको संयोजकत्वमा ५/५ सदस्यीय समिती गठन गरिएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (४) क (१) को प्रयोजनका लागि परिवर्तन परियोजना सञ्चालित गाउँ तथा नगरपालिकामा गुनासो व्यवस्थापन समिति गठन गरिएको हो । नगरपालिकाको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रक्रिया, प्राप्त उपलब्धि र त्यसले पारेको आर्थिक सामाजिक प्रभावको मूल्याङ्कन गरी नीति, योजना तथा सेवा प्रवाह प्रक्रियामा सुधार गर्न, सार्वजनिक कोषको अत्युत्तम परिचालन गरी अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चतता गर्न, नागरिकका गुनासो सुन्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार बनाइ सार्वजनिक जवाफदेहीता अभिवृद्धि गर्ने समितिको उदेश्य रहेको शिखरका नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिए । रासस

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया