२३ मन्त्रालयका ४५७ कर्मचारी छड्केमा

काठमाडौं - राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्केमा विभिन्न २३ मन्त्रालयका ४५७ जना कर्मचारीले ‘समय पालना नगरेको’ पाइएको छ । केन्द्रले गत मंगलबार आफूसहित विभिन्न २३ मन्त्रालयमा समय पालना गरे/नगरेको, तोकिएको पोशाक लगाए/नलगाएका विषयमा अनुमगन गरेको जनाएको हो ।
केन्द्रको विज्ञप्तिअनुसार समय पालना नगर्नेमा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का १२ जना फेला परेका थिए । केन्द्रको अनुगमनका क्रममा उपसचिव स्तरका ५१ जना, शाखा अधिकृत स्तरका १४० जना, सुब्बा १४६ जना र श्रेणीविहीन १०८ गरी जम्मा ४५६ जनाले समय पालना नगरेको पाइएको हो ।
यसैगरी केन्द्रले कर्मचारीले तोकिएको पोशाक लगाए÷नलगाएको पनि छड्के गरेको जनाएको छ । केन्द्रका अनुसार सहसचिवस्तरका दुईजना, उपसचिव चारजना, शाखा अधिकृत १८ जना, सुब्बा ३४ जना र श्रेणीविहीन २० गरी जम्मा ७८ कर्मचारीले तोकिएको पोशाक लगाएका थिएनन् ।

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र

न्याय परिषद्लाई बारको ध्यानाकर्षण

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

प्रतिक्रिया