क्यानले राष्ट्रिय टिमका लागि नयाँ मुख्य प्रशिक्षकको खोजी गर्ने
काठमाडौँ- नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिम (पुरुष)को मुख्य प्रशिक्षकको खोजी गर्ने भएको छ । क्यान केन्द्रीय कार्य समितिको बिहीबार बसेको बैठकले एक हप्ताभित्र नै पदपूर्तिका लागि आवेदन माग गर्ने भएको हो । आवेदनका लागि १५ दिनको समय सीमा राखिने क्यानले जानकारी दिएको छ । डेभ ह्वाटमोरले राजीनामा दिएसँगै राष्ट्रिय टिम (पुरुष) हाल मुख्य प्रशिक्षकविहीन छ ।
यसैगरी, क्यानले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पाेर्ट्ससँग गरेको सम्झौता पनि रद्ध गरेको छ । थ्री स्पाेर्ट्ससँग गरेको सम्झौतालाई नेपाल सरकारले अनुमति नदिएको र अनुमतिका पाउनका लागि सो भारतीय कम्पनीले सम्झौता अनुरुपका कार्य नगरेको क्यानको भनाइ छ ।
यसैगरी, आईसीसी टी–२० विश्वकपको एसियातर्फको छनौटका लागि तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण काठमाडौँमा सुरु गर्ने निर्णय पनि क्यानले गरेको छ । बन्द प्रशिक्षण अक्टोबर, २० देखि सुरु हुने बताइएको छ ।
आउँदो डिसेम्बर १५ मा आफ्नो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको क्यानले कर्णाली प्रदेशका चार जिल्लालाई सदस्यता दिने भएको छ । ती जिल्ला कालिकोट, सल्यान, दैलेख र पश्चिम रुकुम रहेका छन् ।
क्यानको बैठकले राजुबाबु श्रेष्ठ र अशोकनाथ प्याकुर्यालले दिएको राजीनामा पनि स्विकृत गरेको छ । क्यान उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुर्यालले गत असोज १३ गते आ–आफ्नो पदबाट राजीनामा दिएका थिए । तत्कालका लागि सचिवको कार्यवाहक जिम्मेवारी केन्द्रीय सदस्य रहेका प्रशान्त विक्रम मल्ललाई दिइने क्यानले बताएको छ ।
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

प्रतिक्रिया