केटसँग फिल्म खेल्न टमको हत्ते

लसएञ्जल्स : टम क्रुज यतिबेला ‘मिसन इम्पोसिबल’को सुटिङ क्रुलाई गाली गरेको भिडियो भाइरल भएपछि अचानक चर्चामा छन् । लन्डनमा सुट गरिरहँदा क्रु सदस्यले कोभिड १९ को प्रोटोकल अनुसरण गरेको नदेखेपछि टम रिसाएका थिए र उनले ती सदस्यलाई सेटबाट निकालिदिने धम्की दिएका थिए ।
तर यो खबरसँगै टमको अर्को खबर पनि सार्वजनिक भएको छ । त्यो के भने यतिबेला आएर टमलाई केट विन्सलेटसँग काम गर्न मन लागेको छ । हलिउडमा सतहमा आएको समाचारअनुसार जुन दिन टमले केटले ‘पानीमुनि लामो समय सुटिङ गर्ने’ आफ्नो रेकर्ड केटले ब्रेक गरेको थाहा पाए त्यो दिन उनले लियोनार्दो डिकाप्रियोसँग नम्बर मागेर केटलाई बधाइ दिए ।
योसँगै टमलाई केटसँग फिल्म गर्ने रहर पनि बढेको छ । उनले यसका लागि केटलाई भेटेर आफ्नो इच्छा जाहेर गरेको र केटले पनि सहमति दिइसकेको खबर छ । टमकै जमानाका लियोनार्दोसँग खेलेको ‘टाइटानिक’ले केटलाई सर्वकालीन् महान् अभिनेत्री बनाएको थियो । अब टमसँग फिल्म खेल्दा थप केही होला कि ?

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

सैफअली हमला : आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा

एक्समा फ्लोअर्स नबढेपछि अभिताभ बच्चनलाई फ्यानले दिए यस्ता सुझाव

श्रीनगरमा ३८ वर्षपछि पहिलो फिल्मको रेड कार्पेट प्रिमियर

प्रतिक्रिया