ब्राउनसुगर र चरेशसहित महिला पक्राउ
धनगढी - वडा प्रहरी कार्यालय कैलालीले ब्राउन सुगर र चरेससहित एक महिलालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले डडेल्धुराको अजयमेरु गाउपालिका वडा नं ४ घर भई हाल धनगढी उपमहानगरपालिका १३ राजपुर बस्ने ३४ वर्षीया आशा बिष्टलाई उनकै कोठाबाट पक्राउ गरेको हो ।
लुकाई छिपाई राखेको अवस्थामा ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको साथबाट १२ हजार रुपैयाँ नगद, चेक र मोबाइल समेत बरामद गरिएको छ ।
बिष्टलाई लागूऔषध अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

प्रतिक्रिया