नेकपा एसले प्रदेश १ र बागमतीमा मुख्यमन्त्री पाउने सहमति

काठमाडौँ – सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको छ । गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा यस्तो सहमति भएको हो । .
उक्त छलफलमा आपसी मतभेदलाई अन्त्य गर्दै शुक्रबार (भोलि) मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।मन्त्रालय बाँडफाँडको विषयमा दलहरूबीच असमझदारी भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार गठबन्धनको बैठक बोलाएका हुन् ।
बैठकमा मन्त्रालय बाँडफाडका बिषयमा असन्तुष्टि राखेको नेकपा एकीकृत समाजवादीलाई प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको हो । नेकपा एसबाट प्रदेश १ मा राजेन्द्र राई र बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्रीका दाबेदार छन् ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया