बार्सिलोना माथिल्लो स्तरमा फर्किन्छ : कुमन

काठमाडौं : यस सिजन स्पेनिस ला लिगामा अपेक्षित प्रदर्शन गर्न नसकिरहेको बार्सिलोनाले बुधबार रियल सोसिडाडलाई पराजित गरेपछि प्रशिक्षक रोनाल्ड कुमनले आफ्नो टिम माथिल्लो स्तरमा फर्किन सक्षम रहेको प्रतिक्रिया दिएका छन् ।
जोर्डी अल्बा र फ्रान्की डि योङले एक–एक गोल गरेपछि बार्सिलोनाले सोसिडाडलाई लगातार २३औ पटक पराजत गर्यो । जितपछि कुमनले आफ्नो खेलाडीले सही मनोवृत्ती र उर्जा देखाएको बताए ।
‘यदि आजको जसरी नै खेल्दै जाने हो भने हामी फेरी माथिल्लो स्तरमा पुग्छौ । पहिलो हाफमा हामीले उत्कृष्ट प्रदर्शन गर्न सफल रह्यौ । दोस्रो हाफमा सोसिडाड बलियो देखियो । दुबै टिमका खेलाडी उर्जावान थिए,’ डच प्रशिक्षक कुमनले भने ।
क्याम्प नौउमा भएको खेलमा विलियान जोसेले २७ औ मिनेटमा गोल गर्दै सोसिडाडले अग्रता लियो । तर तीन मिनेट पछि लेफ्ट ब्याक अल्बाले गोल फर्काउदै खेललाई बराबरीमा ल्याए । त्यस्तै डि योङले ४३ औ मिनेटमा गरेको गोल बार्सिलोनाका लागि महत्वपूर्ण तीन अंक बटुल्न पर्याप्त भयो ।
जितपछि बार्सिलोना १२ खेलबाट २० अंक बनाउँदै लिगको पाँचौ स्थानमा उक्लियो भने सोसिडाड दोस्रो स्थानमा १४ खेलबाट २६ अंकका साथ दोस्रो स्थानमा छ । ती खेल कम खेलेको एथलेटिको म्याड्रिड गोल भिन्नताका आधारमा शिर्षस्थानमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया