नेपालका रैथाने गन्धर्व सभ्यता पुस्तक विमोचन

काठमाडौँ - गन्धर्व समूदायको रैथाने सभ्यताबारेको पुस्तक विमोचन भएको छ । काठमाडौँमा एक कार्यक्रम गरी पुस्तक विमोचन भएको हो । लेखक तथा अध्येता डीबी नेपाली, दीपक गन्धर्व र डा. गोविन्द नेपालीले लेखेको 'नेपालका रैथाने गन्धर्व सभ्यता' नामक पुस्तक बुधबार काठमाडौँमा विशेष कार्यक्रम गरी विमोचन गरिएको हो ।
नेकपा एकिकृत समाजवादीका नेता मेटमणि चौधरी, नायक शिव श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष रमेश बिष्ट, पत्रकार ऋषि धमालासहित लेखकत्रयले पुस्तक विमोचन गरेका हुन् । पुस्तक सारङ्गी भिलेज फाउन्डेसन कीर्तिपुरले प्रकाशन गरेको हो । विमोचन कार्यक्रममा गन्धर्व समूदायले बजाउने सारंगीको धुनसहितको विशेष प्रस्तुतीसमेत प्रदर्शन गरिएको थियो ।
गन्धर्व समूदायको इतिवृतान्त समेटिएको पुस्तकमा कतिपय रैथाने र परम्परागत चालचलन पनि समेटिएको छ । गन्धर्वप्रतिको समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोण पुस्तकमा समेटिएको लेखक डीबी नेपालीले बताए । पुस्तकले गन्धर्व समूदायको सांस्कृतिक योगदान, क्षमता र वास्तविकताबारे आम मानिसहरुले बुझ्न सक्ने गरी नयाँ दृष्टिकोण बनाउन सहयोग पुग्ने कार्यक्रममा सहभागीले बताएका थिए ।
कार्यक्रममा विजनेश दर्शन राष्ट्रिय मासिक पत्रिका विमोचन गरिनुका साथै ‘माया पिरेम’ म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SVRyyl2ceW_0ajtyj5qjgevhmj0xyehjk2x25zbn6ynhi1kaeqjznotkbdoew8iopqauy7g.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया