आजदेखि प्रदेश १ को हिउँदे अधिवेशन, मुख्यमन्त्रीले विश्वासको मत लिने मिति अनिश्चित

विराटनगर- प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन मुख्यमन्त्री भीम आचार्यले नेतृत्व गरेको दल नेकपा एमाले प्रदेश १ मा पनि विभाजन भएको ३० भित्र विश्वासको मत लिने उदेश्यले समेत बोलाइएको हो । शुक्रबार २ बजे आह्वान गरिएको नवौँ अधिवेशन सुरु हुन लाग्दा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने यकिन तिथिमिति टुंगो लागेको छैन ।
प्रदेशसभा नियमावलीको नियम १२८ को उपनियम (१) मा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्ने सूचना प्रदेशसभाका सचिवलाई दिनुपर्ने व्यवस्था छ । उपनियम (२) मा त्यस्तो सूचनामा विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुने दिनभन्दा दुई दिन अगावै दिनुपर्नेछ भनि उल्लेख छ ।
मुख्यमन्त्री आचार्यले नेतृत्व गरेको नेकपा एमाले संसदीय दलमा ५१ सांसद थिए । १० जनाले दल विभाजनताका नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमाले संसदीय दलका सदस्यको संख्या सभामुखसहित ४१ कायम छ । सभामुख मत बराबर भएको अवस्थामा मात्रै निर्णायक हुने भएकोले उनको भूमिका सामान्य अवस्थामा खासै महत्वपूर्ण हुँदैन ।
प्रदेशसभामा सबैभन्दा ठुलो दल भएपनि एमाले एक्लैको बहुमत पुग्न कठिन छ । मुख्यमन्त्री आचार्यले आफु नेतृत्वकै सरकारलाई सहमतीय सरकारका रुपमा अघि बढाउन विपक्षी दलहरूलाई आग्रह गरिसकेका छन् । तर त्यसलाई विपक्षी दलहरूले सत्ता लम्ब्याउने खेलको संज्ञा दिँदै आएका छन् ।
निर्वाचन आयोगले प्रदेश १ का एमालेबाट नेकपा (एस) रोजेका सांसदहरूको सनाखत प्रमाणित गरी भदौ २५ मा निर्णय बमोमिज प्रदेशसभामा पत्राचार गरेको थियो । आयोगको निर्णय बमोजिम भदौ २५ लाई प्रदेश १ मा एमाले फुटेको मितिका रुपमा कायम गरी त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिने व्याख्या गरिएको छ । त्यो ३० दिन भोलि असोज २३ गते शनिबार पुग्ने छ ।
आफुहरू विश्वासको मत लिने प्रक्रियामा रहेको भन्दै सरकार पक्ष भने दसैँपछि मात्रै विपक्षी फेस गर्ने मुडमा रहेको छ । मुख्यमन्त्री आचार्यले भने विश्वासको मत लिने भन्दैमा थपक्कै कसैलाई सत्ता जिम्मा नलगाउने भन्दै विपक्षीको सत्तारोहणको आकांक्षालाई तत्कालै पुरा हुन नदिने संकेत गरेका थिए ।
५० सांसदको साथ रहेको दाबी गर्दै आएको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लिम्बुवान सम्बद्ध पाँच दलिय विपक्षी गठबन्धनले सरकार पूर्ण रुपमा अल्पमतमा रहेकोले संसद् अधिवेशन अगावै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
उनीहरूले यसअघि मुख्यमन्त्री आचार्यलाई दबाब दिन अविश्वास प्रस्ताव ल्याउने चेतावनीसमेत दिएका थिए । तर मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक व्यवस्थाका कारण उनीहरूले त्यसबाट पछि हटेका थिए ।
शुक्रबार प्रदेशसभाको नयाँ सभाहलमा हिउँदे अधिवेशनको पहिलो बैठक बस्ने संसद् सचिवालयले तयारी अघि बढाएको छ । बैठकका लागि सभाहलभित्र सबै तयारी पुरा भइसकेको प्रदेश १ का प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया