सधैंका सांसद विरोध खतिवडा स्वास्थ्यमन्त्री

काठमाडौँ - २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी)कातर्फबाट उनी स्वास्थ्यमन्त्री बनेका हुन् ।
कानुन व्यवसायको पृष्ठभूमिका खतिवडाले स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिकामा बसेर अनुभव लिइसकेका छन् । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य जनसंख्या तथा श्रम समिति सभापति भएका थिए । गत वर्ष आफ्नै पार्टी (तत्कालीन नेकपा) सत्ता हुँदा स्वास्थ्य सामग्री खरिद घोटा प्रकरणबारे सार्वजनिक लेखा समितिका सदस्यका रुपमा खतिवडाले अनियमितताबारे चर्को बहस गरेर चर्चामा आएका थिए ।
खतिवडालाई कोभिड-१९ को महामारी नियन्त्रणमा नआइसकेको अवस्था र पर्याप्त मात्रामा कोभिड-१९ विरुद्धको खोप लगाउने, स्वास्थ्य क्षेत्रको विकृति जस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने हुन्छ । खरो भाषण गर्ने र स्पष्ट वक्ताका रुपमा ख्याती पाएका खतिवडालाई स्वास्थ्यमन्त्रीको भूमिका भने चुनौतिपूर्ण छ ।
को हुन् खतिवडा ?
६१ वर्षिया विरोध खतिवडा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४मा जन्मिएका हुन् । उनले कानुनमा स्नातकसम्म गरेका छन् । मकवानपुर २ बाट संसद्मा प्रत्यक्ष प्रणालीबाट निर्वाचित भएका हुन् ।
२०३५ सालमा अनेरास्ववियु काठमाडौँ जिल्लाको अध्यक्षबाट राजनीति सुरु गरेका हुन् । २०३७ देखि २०४० सम्म अनेरास्ववियु केन्द्रीय सदस्य कम्युनिस्ट पार्टीमा आबद्ध भए । २०३५ देखि विद्यार्थी र पार्टी फाँटमा सक्रिय नेकपा (एमाले) को लेखा आयोगको सदस्य, उद्योग विभागको सदस्य भएर काम गरे । २०७५ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत भए । उनी २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समेत खतिवडा निर्वाचित भए ।
राजनीतिक घटनाक्रम पञ्चायतविरुद्धको राजनीतिक आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा १२ पटक गरी जेल र हिरासतमा बसेका थिए । उनी बार एसोसिएसनको सदस्य समेत हुन् । करिब तीन दशकदेखि संसदीय राजनीतिको अनुभव संगालेका उनी पृथक प्रस्तुतिका कारण फरक पहिचान बनाउन सफल विधायक हुन् । संसदीय राजनीतिमा अनुभवी विधायकका रूपमा उनलाई चिनिन्छ ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया