इनियस्टा चार महिना मैदान बाहिर

काठमाडौं : स्पेनीस मिडफिल्डर आन्द्रेस इनियस्टा चोटका कारण चार महिनाका लागि मैदान बाहिर रहने भएका छन् । इनियस्टाको क्लब भिसेल कोबेले बुधबार प्रेस बक्तब्य जारी गर्दै पूर्व बार्सिलोना मिडफिल्डरले ‘ह्यामस्ट्रिङ’ चाटे बोकेको र त्यसका लागि शल्यक्रिया गर्नुपर्ने भएका कारण उनी लामो समय मैदान बाहिर रहने जानकारी गराएको हो ।
गत साता एसियन च्याम्पियन्स लिगको अन्तिम १६ मा चिनीयाँ क्लब सांघाई एसआइपिजीसँगको खेल दौरान इनियस्टा घाइते बनेका थिए । शल्यक्रिया गर्नुपर्ने भएपछि इनियस्टा बार्सिलोना फर्किएका छन् । जहाँ उनले रामोन कुगाट नाम गरेका ‘स्पोर्टस सर्जन’ सँग जाँच गराउनेछन् । कुगाट सपेनका प्रसिद्ध सर्जन हुन् जसले बार्सिलोना, म्यानचेस्टर सिटी लगायतका ठूला क्लबका खेलाडीहरुको शल्यक्रिया गरेका छन् ।
बार्सिलोनामा १६ वर्ष खेलेका ३६ वर्षिय इनियस्टा सन् २०१८ मा जापानको जे लिग खेल्न कोबे गएका थिए । कोबेका लागि उनले ७४ खेल खेल्दै १६ गोल र १८ असिस्टको योगदान गरेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया