रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री

काठमाडौँ - सहरी विकासमन्त्रीको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट रामकुमारी झाँक्रीको काँधमा आइपुगेको छ । खरो र स्पष्ट बोल्ने नेताको रुपमा छवी बनाएकी झाक्रीलाई कांग्रेस सभापति शेरबहादुर नेतृत्वको मन्त्रिमण्डलमा यो जिम्मेवारी दिइएको हो ।
संसदीय यात्रामै नयाँ अनुभव लिइरहेकी झाँक्री पहिलोपटक मन्त्री बनेकी हुन् । संसदीय यात्राका क्रममा आफ्नै पार्टीभित्र लडाइ गरेकी झाक्रीले गठबन्धनको सरकारमा काम गरेर देखाउनुपर्ने चुनौतीको थुप्रो छ ।
गुल्मीको मदाने गाउँपालिका गुल्मीमा जन्मिएकी झाँक्री स्नातकोत्तर (मानविकी) र स्नातक (कानुन) गरिसकेकी छिन् । समनुपातिक निर्वाचन प्रणालीबाट आएकी झाँक्रीको राजनीतिक सुरुवात २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यबाट भएको थियो । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन् । पार्टीका विभिन्न भूमिका रहेर काम गर्दै एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
राजनीतिक घटनाक्रम प्रमुख राजनीतिक आन्दोलनमा सक्रिय सहभागी झाँक्री राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासत तथा थुनामा परेकी छिन् । राज्यबाट नभए पनि आफूले इतिहासबाट सम्मान पाएको बताउँदै आएकी छिन् । पारिजातका कृतिबाट प्रभावित रहेको बताउने उहाँले पारिजात संघर्षशील नारी पुरस्कार पनि प्राप्त गरेकी थिइन् । उनी आफलाई आवाजविहीन र दबाइएकाहरूको आवाज बोल्न व्यक्तिका रूपमा परिचित गराउछिन् ।
संसद्को अर्थ समितिको सदस्य रहेकी झाँक्रीले विगतमा अर्थ मन्त्रालयमा आएका नेतृत्वहरूलाई खरो रुपमा गरेका प्रश्नहरूका कारण सधै चर्चामा रहिन् । आफ्नै पार्टी (तत्कालीन सत्तारुढ दल नेकपा र एमाले)मा नेतृत्वलाई जबर्जस्त प्रश्न गर्ने र नेतृत्वले गरेको गलतीविरुद्ध आवाज उठाउने झाँक्रीले सहरी विकास क्षेत्रको सुधारमा नेतृत्वदायी भूमिका पुरा गर्ने अपेक्षा गर्न सकिन्छ । तर विधायिकामा बसेर कार्यपालिकालाई झकझाउने झाँक्री आज आफैं कार्यान्वयन गर्ने निकायको नेतृत्वमा बसेर काम गर्न पक्कै सजिलो छैन । सत्ता बाहिर बसेर शासकमाथि औंला तेर्स्याउन सजिलो र सत्तामा गएर काम गर्न गाह्रो भन्ने नेपाली राजनीतिमा चलि आएको भनाइलाई चिर्नु झाँक्रीको अर्को चुनौती हो ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया