बेलझुण्डीबाट तुलसीपुर सारियो कोभिड विशेष अस्पताल
दाङ - कोभिड १९ विशेष अस्पताल बेलझुण्डीलाई आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । भौतिक संरचना निर्माण सम्पन्न भएपछि अस्पताललाई तुलसीपुरमा सारिएको होे । तुलसीपुरमा कोभिड इकाइको स्थापना गरी सो अस्पताललाई हस्तान्तरण गरिएको छ । सो कोभिड एकाइको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गरे ।
कोभिडको सम्भावित तेस्रो भेरियन्टलाई मध्यनजर गरेर बालबालिका उपचार इकाइसहित, आइसियु, एनआइसियु, अक्सिजन प्लान्टसहित कोरना उपचार सेवा सुरु गरिएको उनले बताए ।
नगरप्रमुख पाण्डेले अब कोरोनाको सबै उपचार यहीबाट हुने उल्लेख गर्दै कोभिड उपचारमा अहोरात्र खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय आयुर्वेदिक चिकित्सा अध्ययन संस्थानलाई बेलझुन्डीलाई कोरोना विशेष अस्पताल सञ्चालनमा सहयोग गरेको धन्यवाद व्यक्त गरे ।
भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद चिकित्सा अध्ययन संस्थानको भवनमा गत वर्ष कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो । साविकका राप्ती पाँच जिल्लाका नागरिकलाई लक्षित गरी स्थापना गरिएको सो अस्पतालबाट दैनिक दुई हजार बढी कोरोनाका बिरामीले सेवा पाएका थिए । रासस

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया