खोप खरिद सम्झाैताको नाै महिनापछि भारतबाट १० लाख खोप आउँदै
काठमाडौँ- भारतबाट भोलि १० लाख कोभिसिल्ड खोप ल्याइने भएको छ । सरकारले खरिद गरेको बाँकी खोप शनिबार नेपाल ल्याइने भएको हो । भारतसँग खोप खरिद गर्न लागेको नाै महिनापछि खोप भित्रिन लागेको छ ।
२ बजे एयर इन्डियाको जहाजबाट ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले इकागजलाई बताए । अष्ट्राजेनिका खोप लगाका बाँकीलाई र उमेर अनुसार उक्त खोप वितरण गरिने उनले जानकारी दिए ।
भारतमा संक्रमणदर बढेपछि खोप निर्यातमा रोक लगाएको थियो । भारतीय अधिकांशले खोप लगाएपछि केही सातअघि भारतले खोप निर्यात गर्ने निर्णय गरेको थियो ।माघको पहिलोसाता भारतले अनुदानस्वरुव १० लाख खोप दिएको थियो । सोही समयदेखि नेपालमा कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
सरकारले भारतसँग खोप खरिद गर्ने सम्झौता गरेको थियो । १० लाख खोप खरिद गरेको थियो । भारतमा दोस्रो लहरको कोभिड देखिएपछि खोप निर्यातमा रोक लगाएको थियो । भारतीय सेनाले नेपाली सेनालाई १ लाख खोप अनुदानस्वरुप दिएको थियो । कोभ्याक्समार्फत ३ लाख ४८ हजार खोप समेत उपलब्ध गराएको थियो ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया