संघीयताबारे नयाँ पुस्तक ल्याउँदै पूर्वमुख्यसचिव डा. सुवेदी

काठमाडौँ - पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीले नेपालको परिवेशमा संघीयताका सबल र दुर्बल पक्षलाई विश्लेषण गरेर तयार पारेको पुस्तक छिट्टै सार्वजनिक गरिने भएको छ । उनी मुख्यसचिवबाट एसियाली विकास बैक (एडीबी)को मुख्यालयमा वैकल्पिक निर्देशक हुँदै सरकारी सेवाबाट बाहिरिएपछि संघीयताको बारेमा लेख्ने एक्लो वरिष्ठ कर्मचारी हुन् ।
उनले लगातार संघीयताको विषयमा पत्रपत्रिका र अनलाइन पोर्टलमा लेख प्रकाशन गर्दै आएका छन् । सञ्चारमाध्यममा उनका अन्तर्वार्तारू पनि सार्वजनिक भइरहेका छन् । नेपालको संघीयताको शुरुवातदेखि नै संलग्न रहेका र कार्यान्वयनमा निकै लागि परेका डा. सुवेदी अहिले पनि संघीयताको विषयमा प्रत्यक्ष संलग्न भएर त्यसको कार्यान्वयनमा जोड दिने व्यक्तिका रूपमा उनी परिचित छन् । उनी प्रदेश र पालिकाको कुनाकाप्चामा पुगेर सुझाव दिने र सघाउने काममा सक्रिय छन् ।
उनको पुस्तक पनि संघीयतालाई कसरी बलियो बनाउने र संघ प्रदेश एवं पालिकाबीचको खाडल कसरी पुर्ने भन्नेमा नै केन्द्रित रहेको बताइन्छ । यद्यपि केही राजनीतिज्ञहरुले बाहिर एउटा र भित्र अर्को कुरा गरेर संघीयता कमजोर भएको उनको बुझाई पनि त्यहाँ पढ्न सकिनेछ । उनले आफ्नो भोगाई नेताहरुसँग उठाएका केही प्रसङ्ग पनि आलेखहरूमा उल्लेख गरेको हुनाले त्यो विषय पनि पुस्तकमा पक्कै परेको होला !
उनको आउन लागेको पुस्तक ‘नेपालमा संघीयता-अनुभव, अवलोकन र अनुभूति’ हो । उक्त पुस्तकमा सबै प्रकारको विषय समेटिएको छ । पुस्तकका अधिकांश भागमा संघीयता कार्यावन्यनमा जोड दिइएको विषय रहेको छ भने यसमा अनुभव नपुगेको सिक्दै अघि बढ्न परेको विषयलाई उनले उजागर गरेको पुस्तक प्रकाशक पैरवी प्रकाशनले जनाएको छ ।
त्यस अलवा उनले संघीयता कार्यान्वयनमा देखिएको चुनौती, संघ हावी भएका विषय लगायत राखेर पुस्तकलाई निकै उपयोगी बनाउने प्रयास गरेको प्रकाशकले जनाएको छ । पैरवी प्रकाशनले उनको पुस्तक लोकसेवा तयारी गर्नेका लागि मात्र होइन संघीयतालाई यथार्थमा बुझ्न चाहनेले पढ्नैपर्ने पुस्तकका रूपमा आएको जनाएको छ ।
सुवेदी यसअघिका सरकारको आँखा परेका व्यक्ति हुन । उनले पहिलो पटक केपी ओली प्रधानमनत्री हुँदा मन्त्रिपरिषदमा लुरुलुरु जे भने नि मान्ने भन्दा पनि आफ्नो तर्क राख्न थालेपछि उनी ओलीको नजरमा परेका थिए । हुन पनि ओलीको छत्रछाया पर्ने मालामाल, नजर पर्ने सखाप भन्ने उनीहरुकैले भने झैं सुवेदीलाई सक्काउन पनि ओलीले सकेनन् । तर ओलीको सरकारपछि अर्को सरकार बन्यो र निर्वाचन पछि ओलीकै सरकार आयो त्यसपछि ओलीले उनलाई एडीबीबाट समेत फिर्ता बोलाए ।
त्यो विषयलाई पनि विवादित पारियो नै । तर उनी संयम भएर माैन रहे । यद्यपि उनले लेख्न भने छोडेनन् । उनले विभिन्न पत्रिका र अनलाईनमा प्रकाशित लेखलाई थप विषयवस्तु र अनुसन्धानसहित पुस्तक मार्फत् पस्केका हुन । उनका यस अघि सात कृतिहरू प्रकाशित भएका छन् । उनले संघीयतादेखि आफ्नो अनुभव समेत प्रकाशन गरेका छन् ।
उनको नेपालमा 'विकेन्द्रीकरण र स्थानीय वित्त व्यवस्था २०६३', 'संविधान र कायजिम्मेवारी निर्धारण–२०६५', 'नेपामा संघीयता, स्थानीय सरकार र संक्रामणकालीन प्रबन्ध २०६७,' लगायत आधादर्जन पुस्तक प्रकाशित छन् भने भारतबाट पनि उनको ‘फिस्कल डिसेन्ट्रलाइजेसन इन नेपाल, अम्यूनिसिपल प्रस्पेक्टिभ’ पुस्तक प्रकाशित भइसकेको छ । यसअलवा उनका अन्य पुस्तक र जर्नल लेख पनि प्रकाशित छन् ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया