१० बुँदे सहमति सिर्जनात्मक रूपमा लागू हुन्छ : महासचिव पोखरेल
माधव नेपालले छापामार शैलीमा एमाले फुटाए : गोकर्ण बिष्ट
काठमाडौँ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमतिलाई सिर्जनात्मक ढंगले बुझ्न आग्रह गरेका छन् । एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
१० बुँदे सहमतिलाई जीवन्त बनाउने र पार्टी विभाजनको विपक्षमा उभिने नेता, कार्यकर्ताहरूलाई समेटेर पाटी अघि बढ्ने पनि उनले बताएका छन् । ‘१० बुँदे सुझाव हो । त्यो सुझावलाई सृजनात्मक र रचनात्मक ढंगले लागू गर्नुपर्छ । जहाँ जस्तो अवस्था छ, त्योअनुसार लागू हुन्छ । हिजो जो–जो साथीहरूले के गर्नु भो भन्नेबारे समीक्षा गरौंला,’ उनले भने, ‘पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरूलाई पार्टीमा समेट्दै लैजाने अहिलेको काम हो ।’
कार्यक्रममा बोल्दै एमालेका सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्ने माधव नेपालले सोही अध्यादेशको सहारा लिएर पार्टी विभाजन गरेको आरोप लगाए । ‘दल विभाजन अध्यादशेको विरोध गर्ने कमरेड माधव नेपाल र झलनाथ खनाल आज ४० प्रतिशत होइन, उहाँहरूलाई जति प्रतिशत राख्दा पुग्छ, त्यही आधारमा २० प्रतिशत पुग्ने अध्यादेश ल्याएर छापामार शैलीमा दल विभाजन गर्नु भयो,’ विष्टले भने ।

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः…

आज पाँच संसदीय समितिको बैठक बस्दै

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

प्रतिक्रिया