प्रदेश २ मा प्रदेशसभाका विषयगत समिति पदाधिकारी हेरफेर

जनकपुरधाम – प्रदेश २ प्रदेश सभाका विभिन्न विषयगत समितिको पदाधिकारी हेरफेर गरिएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकबाट समितिका पदाधिकारीहरू हेरफेर गरिएको हो । सार्वजनिक लेखा समितिमा सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट सांसद रामकिशोर प्रसाद यादव, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रह्लाद गिरी गोस्वामी र अभिराम शर्मालाई राखिएको छ । गिरी यसअघि प्रदेश मामिला समितिमा थिए भने शर्मा सामाजिक विकास राज्यमन्त्री थिए ।
कृषि तथा भूमि व्यवस्थापन समितिमा जसपाबाट सुरेश मण्डल, सिंहासन साह कलवार, प्रदेश मामिला समितिमा ज्ञानेन्द्र यादव, सरोज कुमार सिंह र प्रमुख प्रतिपक्षी दल लोसपाबाट बबिता कुमारीलाई राखिएको छ । यादव पुर्वआन्तरिक मामिला तथा सञ्चारमन्त्री हुन् भने सिंह सोही मन्त्रालयका पुर्वराज्यमन्त्री हुन् । बबिता यसअघि सार्वजनिक लेखा समितिमा थिइन् ।
प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट जीतेन्द्र सोनल र जानकी शरण साहलाई प्राकृतिक श्रोत तथा वातावरण समितिमा, अर्थ तथा योजना समितिमा डिम्पल कुमारी झालाई समितिमा राखिएको छ । सोनल पुर्वभौतिक पुर्वाधार विकासमन्त्री हुन् भने झा भौतिक पुर्वाधार विकास राज्यमन्त्री थिए ।
यस्तै सभाको बैठकबाट दलीय सहमतिमा सभामुुख अध्यक्ष तथा उपसभामुख उपाध्यक्ष रहने गरी कार्यव्यवस्था परामर्श समिति पनि गठन गरिएको छ । मन्त्रीसमेत सदस्य रहने सो समितिमा प्रदेश सभा सदस्यहरू उपेन्द्र महतो, किशोरी साह कमल, चमेली देवी दास, दिलिपकुमार साह, परमेश्वर साह रामआशिष यादव, शैलेन्द्र यादव, शोभा लामा, सरोजकुमार सिंह, सावित्रीदेवी साह र सुरिताकुमारी साह सदस्य छन् ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया