मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म  लखेट्छ : गगन थापा

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली कांग्रेसका नेता गगा थापाले गैरसांसदलाई मन्‍त्री बनाइएकोप्रति घुमाउरो टिप्‍पणी गरेका छन् । शनिबार सामाजिक सञ्‍जालमार्फत कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म  लखेट्ने प्रतिक्रिया दिएका छन् ।  लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र नपुग्‍ने भन्‍दै त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउने उनको भनाइ छ ।

 'हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन,' उनले भनेका छन्, 'त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म  लखेट्छ भन्ने खै हेक्का राखेको ?'