मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन, नेकपा (एस)लाई दिनु बाध्यता : रक्षामन्त्री रिजाल

विराटनगर - नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवादीलाई दिनु बाध्यता भएको बताएका छन् । मन्त्री भएको भोलिपल्ट गृहजिल्ला मोरङमा आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सत्ता साझेदार भएकोले नेकपा (एस) लाई मुख्यमन्त्री दिनु बाध्यता भएको बताए ।
एउटा मन्त्रीसँग दुई वटा मुख्यमन्त्री किन साट्नु भएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री रिजालले मन्त्रीसँग नसाटेर शक्ति सन्तुलन मिलाएको तर्क गरे । नेपाली काँग्रेस प्रदेश १ का सांसदहरू मुख्यमन्त्री नेकपा (एस) लाई दिएको भन्दै रुष्ट बनिरहेका बेला उनको यस्तो धारणा आएको हो ।
हिजो बसेको प्रदेशसभाको बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालेसमेत प्रदेश सरकारको बचाउ गरेका थिए । प्रदेश १ मा प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको बचाउ गरेपछि गठबन्धन दलका नेतासमेत अलमलमा परेका छन् ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया