सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ : नेता सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दशैँ भत्ताका नाममा सरकारले बदनाम गर्ने दुराशय राखेको आरोप लगाएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै उनले महामारीका बेलामा सांसदहरुलाई दशैँ भत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्ने बताएका हुन् ।
'एकातिर जनतालाई पीसीआर परिक्षणसमेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय संसदका सांसदहरुलाई दशैँभत्ता दिने सरकारी निर्णय निन्दनीय छ । आफु भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ' जारी विज्ञप्तीमा भनिएको छ 'महामारीका बेलामा सांसदहरुलाई दशैँ भत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ । तसर्थ, दशै.भत्ता भन्दै मेरो नाममा आएको रकम फिर्ता गर्ने जानकारी गराउँदछु । साथै नेपाली कांग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दशैँभत्ता फिर्ताको निर्णय गरेर आफुजस्तै सांसदहरुलाई पनि बदनाम बनाउने सरकारको प्रयासलाई विफल बनाउनुपर्छ ।'
'विकास कि जनताको जीवन ? भन्ने प्रश्न आउँदा जनताको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ । त्यसैले कांग्रेसले कोभिड-१९ शुरु हुनासाथ सांसद विकास कोषको रकम कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न माग गर्दै आयो । तर, १२ अर्ब सकिएको सरकारले हिसाव देखाउँदा जनताले सही काममा सो रकम खर्च भयो भनेर विश्वास गर्ने कुनै ठाउँ रहेन । न मेडिकल सामाग्री खरिद गरिएको छ । न त उपयुक्त आइसोलेसन वार्ड बन्यो । न त भेन्टिलेटर बनाइयो, न आइसियु वार्ड नै थपिएको छ । जनताले करिब दुई तिहाई मत दिएर बनेको सरकार इतिहासमै जनताप्रति गैरजिम्मेवार सरकारका रुपमा स्थापित हुन पुगेको छ' जारी विज्ञप्तीमा भनिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया