सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बनाउने बाटो खोल्यो : नेता नेम्वाङ

सुनसरी- सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता सुवास नेम्वाङले आरोप लगाएका छन् । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा विरोध गर्दागर्दै जबरजस्ती विधेयक पास गगरिएको बताए ।
नेता नेम्वाङले नेकपा माओवादी केन्द्रतर्फ संकेत गर्दै सरकारले द्वन्द्व कालमा लुटपाट गरेर राखिएको धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको आरोप लगाए । 'लाख, करोड हैन अरब पैसा ल्याउनुहोस् कुनै श्रोत देखाउनु पर्दैन । यो भनेको लुटपाट, डकैती गरेर, अवैध सम्पत्तिलाई सेतो बनाउ भन्न खोजेको हैन ?', उनले प्रश्न गरे ।
एमालेको विरोधका बीच विधेयक पास गरिनु गलत भएको उनले बताए । 'अहिले म सुन्दै छु, नेपालको सम्बन्धित प्रतिनिधि मण्डल जाँच गर्न आउँदै छ । यदि यो गलत रहेछ भनेर कालो लिष्टेट गरिदियो भने हाम्रो हालत के हुन्छ ?,’ उनले भने ।
उनले संविधानको मर्म विपरित सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको बताए । उनले जनभावना विपरित कदम भएको टिप्पणी गरे । कार्यक्रममा कोइरालाले लेखेका 'राजनीतिक जीवन यात्रा र राजनीतिक लेखहरू' पुस्तकको लोकार्पण गरिएको थियो ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया