शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

बर्दिया र कैलाली जोड्ने पुल सञ्चालन

फाइल फोटो

गुलरिया – बर्दिया र कैलाली जोड्ने सत्तिघाटको पुल अस्थायी रूपमा सञ्चालनमा आएको छ । पहिलो र दोस्रो पिलरको एक्सपान्सन ज्वाइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायी रूपमा सञ्चालनमा आएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख गागलबहादुर भण्डारीले जानकारी दिए ।

पुल सञ्चालनमा आएपछि दौलतपुर घाटमा रहेको स्टिमर प्रयोग गरी जोखिमपूर्ण लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।