आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य
काठमाडौँ - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतबार)बाट सुरु हुने प्रदेशसभाको नवौं अधिवेशनमा विश्वासको मत लिँदै छिन् । बागमती प्रदेश सभाको आज बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । आज अपरान्ह ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।
शुक्रबार मुख्यमन्त्री शाक्यको तर्फबाट उनका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेश सभा सचिवालयमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना बुझाएका थिए । नेकपा एमाले दल विभाजन भएको मितिले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी अवस्थाका कारण मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिन लागेकी हुन् । आज बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
प्रदेश सभामा मुख्यमन्त्री शाक्य प्रस्ट अल्पमतमा छिन् । सभामुखसहित १०९ सांसद रहेको प्रदेश सभामा विश्वासको मत पाउन ५५ सांसदको साथ चाहिन्छ । तर हाल नेकपा एमालेसँग ४३ सांसद मात्रै छन् । हाल विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्र २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जनता समाजवादीको १ मत गरी ५९ जना सांसदले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार घोषणा गरिसकेका छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया