राम र रावण बन्न ऋतिक र रनवीरलाई १ सय ५० करोड

मुम्बई - हिन्दी भाषामा सबैभन्दा महंगो बजेटमा निर्माण हुन लागेको ‘रामायण’मा अभिनय गर्न ऋतिक रोशन र रनवीर कपुरले ७५ करोड लिएको समाचार छ । मधु मन्टेनाको निर्माण तथा नितेश तिवारीको निर्देशन रहने फिल्मका लागि दुई हिरोले ७५ करोड पारिश्रमिक लिने शर्तमा सम्झौता गरेको जनाइएको छ ।
उनीहरूले लिएको यो रकम तीन भागका लागि हो । यो फिल्म तीन भागमा बन्नेछ । फिल्मको कुल लगानी ७ सय ५० करोड रहेको बताइएको छ । मधु मन्टेनाले लामो समयदेखि यो फिल्म बनाउने तयारी गरिरहेका थिए । केही समयअघि मात्र नितेश तिवारीको निवासमा ऋतिक र रनवीर गएको समाचारहरू पनि आएका थिए । लामो समयको छलफलपछि उनीहरू फिल्ममा राम र रावण बन्न तयार भएका हुन् ।
निर्माता अहिले सीताको खोजीमा रहेका छन् । सीताका लागि करिना कपुरको नाम चर्चामा रहे पनि निर्माता मधु मन्टेनाले करिना प्रतिभाशाली अभिनेत्री रहे पनि सीताका लागि उपयुक्त नहुने बताएका छन् । रामायणकै कथामा बन्न लागेको ‘सीता दि इनकार्नेसन’मा भने केही समयअघि कंगना रनावत फाइनल भएकी थिइन् । यो फिल्मको अन्य जानकारी भने बाहिर आइसकेको छैन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया