ओटीटीमा पनि सेन्सरविना चलचित्र नचलाउन सरकारको निर्देशन

काठमाडौँ - अब ओटीटी प्लेटफर्ममा प्रसारण हुने चलचित्रले पनि जाँचपास (सेन्सर) गर्नुपर्ने भएको छ । सरकारले कुनै पनि चलचित्र तथा विज्ञापन चलचित्र जाँचपास समितिबाट जाँचपास (सेन्सर) गराएर मात्र प्रसारण गर्न निर्देशन दिएको हाे । शुक्रबार एक सूचना जारी गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले कुनै पनि चलचित्र तथा विज्ञापन जाँचपासविना प्रसारण नगर्न निर्देशन दिएको हो ।
सञ्चार तथा सूचना प्रविधी मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले हाल केहि ओटीटी प्लेटफर्मले विनासेन्सर फिल्म तथा विज्ञापन प्रसारण गर्दै आएकाले मन्त्रालयले पुन: सूचना निकालेको बताए । यसअघि ओटीटीमा फिल्म लगाउँदा सेन्सर गर्नुपर्ने अभ्यास थिएन ।
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ मा कुनै पनि चलचित्रको प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच समितिबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।नियमावलीमा प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका चलचित्र मात्र प्रदर्शन गर्नु पर्ने व्यवस्था छ । विज्ञापन तथा चलचित्र जाँच गराउनुपर्ने स्पष्ट कानूनी व्यवस्था भएकाले जाँचपासविना कुनै पनि चलचित्र तथा विज्ञापन प्रसारण नगर्न मन्त्रालयले सूचना जारी गरेको हो ।
'यस ऐनअन्तर्गतको नियम उल्लघंन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने र निर्माण, प्रदर्शन तथा वितरण गर्दा प्रयोग गरिएका उपकरणहरु समेत जफत गर्न सक्ने समेत व्यवस्था रहेको छ' सूचनामा भनिएको छ । विभिन्न प्रसारण संस्था वा विद्युतीय सञ्चारमाध्यम वा अन्य माध्यमबाट कतिपय चलचित्र तथा विज्ञापन जाँचपास नगराई प्रदर्शन गर्ने गरेको गुनासो आएको मन्त्रालयले जनाएकाे छ ।
यसअघि बलिउड फिल्म 'राधे' विनासेन्सर रिलिज भएको समाचार इकागजमा छापिएपछि मन्त्रालयले २ दिनपछि सेन्सर गराएको थियाे । शुक्रबार मात्र मनाेज पन्डित निर्देशित 'एक' पनि विनासेन्सर रिलिज गरेको भन्दै सञ्चार मन्त्रालयले फिल्म रिलिज गर्ने ओटीटीलाई पत्र काटेको छ । चलचित्र विकास बोर्डले सेन्सरका लागि बारम्बार ताकेता गर्दा पनि निर्माण पक्ष सम्पर्कमा नआएपछि मन्त्रालयले फिल्म रिलिज गरेका ओटीटीलाई पत्र काटेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया