सिरहाबाट लागूऔषधसहित ३ जना पक्राउ
जनकपुरधाम - सिरहा प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका ९ बस्ने १९ वर्षीय निकित कुमार रहेको प्रहरीले जनाएको छ ।
सिरहा नगरपालिका १५ स्थित प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।
पक्राउ परेका तीनैजनाको साथबाट बीआर ३२ एजी ५५११ भारतीय नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा अबैध लागुऔषध नाइट्रोभेट १० पत्ता (३०० ट्याबलेट) फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया