बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

लागूऔषधसहित चार युवायुवती पक्राउ

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित प्रेम सागर रानाको घरबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरुमा राजपुर बस्ने १८ बर्षिय आकाश राना, १८ बर्षिय राजेश राना, सोही ठाउँ बस्ने १८ बर्षिय राजकुमार राना र १८ बर्षिय सुजिता राना रहेका छन ।

गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कोठामा बसी लागुऔषध सेवन गरी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

साथै उनीहरु माथि चेकजाँच गर्दा ३ ग्राम ६९० मिलिग्राम लागुऔषध बरामद गरिएको उनले बताए । उनीहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।