बुधबार २० चैत, २०८१
Wednesday, April 02, 2025

अछाममा जन्तीबाट फर्केको जीप दुर्घटना : ४ जनाको मुत्यु

कैलाली - आइतबार राति अछाममा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आइतबार राति से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) तुल्सिराम खनालले जानकारी दिएका छन ।

घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको छ भने गम्भीर घाइते मदन धामी र उपेन्द्र धामीलाई नेपालगन्ज रेफर गरिएको डिएसपी खनालले बताए ।