अब बैंकमा क्रस-होल्डिङ लगानी गर्न प्रतिबन्ध

काठमाडौँ - बैंक तथा वित्तीय संस्थाहरूले एक आपसमा क्रस-होल्डिङ हुने गरी लगानी गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै प्रतिबन्ध लगाएको हो ।
पुरानो व्यवस्थाअनुसार क्रस-होल्डिङ गरी लगानी गरिरहेको संस्थापक सेयर बिक्री सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरूले आपसमा क्रस-होल्डिङ हुने गरी लगानी गरेको संस्थापक समूहको सेयर धितोपत्र विनिमय बजारमार्फत खरिद/बिक्री गर्नसक्ने व्यवस्था गरेको थियो । यसका लागि सर्तहरू पनि निर्धारण गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थामा लगानीमा रहिरहेको संस्थापक समूहको सेयर नेपाल धितोपत्र विनिमय बजार मार्फत कारोबार गर्न सक्ने गरी छुट प्रदान गरिएको हुनुपर्ने उल्लेख थियो । त्यस्तै संस्थापक सेयर नामसारी वा बिक्री गर्दा संस्थापक सेयरधनीहरूको रुपमा रहिरहेका अन्य सदस्यहरुलाई प्राथमिकता दिनुपर्ने एकीकृत निर्देशन नं. १० को व्यवस्था यस प्रयोजनको लागि लागू नहुने पनि भनिएको थियो ।
धितोपत्र विनिमय बजार मार्फत सेयर खरिद गर्ने व्यक्ति/संस्था समेत संस्थापक समूहमा नै कायम रहने उल्लेख थियो । संस्थापक समूहको सेयर खरिदकर्ता कर्जा सूचना केन्द्र लि. को कालोसूचीमा समावेश नभएको हुनुपर्ने र प्रचलित कानुन तथा यस बैंकबाट जारी गरिएका निर्देशन बमोजिम संस्थापक सेयर/संस्थापक समूहको सेयर खरिद गर्न अयोग्य नभएको स्वःघोषणा सेयर खरिद गर्दाको अवस्थामा नै पेस गर्नु पर्ने सर्त थियो।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया