बुधबार २० चैत, २०८१
Wednesday, April 02, 2025

कैलालीको गौरीगंगामा विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते

कैलाली - पूर्व-पश्चिम राजमार्गमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरमा धनगढीबाट नेपालगन्ज तर्फ जादै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१५ का लक्ष्मण चौधरीसहितका १२ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरूमध्ये मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर छ भने अन्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।