मनाङमा फेरि देखियो कोभिड

मनाङ : देशैभरि कोभिड सङ्क्रमण फैलिएको बेला मनाङमा भने सङ्क्रमितको सङ्ख्य शून्य थियो । सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा मनाङमा आज कोभिड सङ्क्रमण देखिएको छ । जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ ।
हालसम्म मनाङमा २८२ जनाको स्वाब संकलन भएकामा १० जनाको कोभिड पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार नौ जना सङ्क्रमित निको भएसँगै मनाङ शून्य रहेको हो ।
शून्य भएको धेरै दिनपछि आज एक जनामा कोभिड सङ्क्रमण पुष्टि भएको हो । ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसीँशहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनको थप उपचारका लागि काठमाडौँ लगिएको स्रोतले जनाएको छ ।
हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका दुई र चामे गाउँपालिकामा एक स्थानीय सङ्क्रमित पुष्टि भएको र दुई जना निको भइसकेका छन् । हाल जिल्लामा एक मात्रै सङ्क्रमित रहेका छन् । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् । रासस

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन
%2520(1)_bd3iw7MdjV_f0dy8dht7wtmvreqmctf901vxatbdq2wqnsx86zmqutqd6t9hznpldjsjejw_yWyLrcDDAQ_qcezrp18pifjxpdm7ubbmetpxzsyqrnpznbtfcpe3ew4yyp728op3unl44gg.jpg)
धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

मर्स्याङ्दी नदीमा बालिकाको शव फेला

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !

प्रतिक्रिया