नेपालको राष्ट्रियता बलियो हुनुपर्छ भन्ने मान्यता बीजेपीको छ
‘नेपालीहरू स्वभिमानी, विश्वासिला र निडर छन् भन्ने हामीले भुल्न हुँदैन’

नेपाली कांगेस र भारतीय जनता पार्टी (बीजेपी)बीचको सम्बन्धलाई उचाईमा पुर्याउन थालिएको पहल अनुरुप नेपाली कांग्रेसको एक प्रतिनिधि मण्डल नयाँ दिल्ली, लखनउ र बनारस पुगेर फर्केको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । महतको साथमा थिए, पूर्व अर्थराज्यमन्त्री एवं कांग्रेस नेता उदयशमशेर राणा र अर्का नेता अजय चौरासिया । उनीहरु पाँचदिन भारतमा रहँदा बीजेपीका अध्यक्षदेखि अन्य प्रभावशाली नेताहरुसँग छलफल गरे । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्य नाथसँग पनि भेटवार्ता गरे । नेपाली कांग्रेससँग जोडिएको बनारस विश्वविद्यालयमा गएर प्रवचन समेत दिएर टोली नेपाल फर्किएको छ । टोली नेता डा. महतसँग भारत भ्रमण कस्तो रह्यो र दुई सत्तारुढ दलबीचको केही अविश्वास चिर्ने काम पनि भयो कि भनेर ? इकागजका चन्द्रशेखर अधिकारीले सोधेका थिए । प्रस्तुत छ, यही सेरोफेरोमा गरिएको संवाद:
बीजेपीसँग नेपाली कांग्रेसको सम्बन्धलाई थप उचाई दिन भन्दै यहाँको नेतृत्वमा एक प्रतिनिधि मण्डल नयाँ दिल्ली पुगेर फर्किसकेको छ, भ्रमण कस्तो रह्यो ?
बीजेपीको आमन्त्रणमा हामी त्यहाँ गएका हौँ । खासगरी भन्नु पर्दा यो रिटर्न भिजिट नै हो । बीजेपी विदेश विभाग इन्चार्ज विजय चौथाईवालेको नेपाल भ्मणपछि यो भ्रमण भएकाे हो । उहाँको भ्रमण नेपालमा हुँदा यस प्रकारको भ्रमण लगातार हुन सके सम्बन्धमा सुदृढीकरणमात्र होइन, दलबीचको बुझाई पनि स्पष्ट हुनेछ भनेका थियौँ । त्यही अनुरुप भ्रमण भएको हो । समग्रमा भ्रमण अत्यन्त राम्रो रह्यो । एक अर्काको बुझाईलाई थप उचाई दिने काम गरेको छ । कतै अस्पष्टता थियो भने स्पष्ट हुने मौका दुवै पक्षलाई मिलेको छ ।
यो भ्रमणले सम्बन्ध स्थापितमा नयाँ मोड दिन मद्दत गर्ने छ । दुई दलबीचको सम्बन्ध अझ अब्बल र सबल बनाउने विषयमा निकै कुराकानी भएकोबाट पनि त्यो स्पष्ट हुन्छ । म दावाका साथ भन्न सक्छु, यो भ्रमणले नेपाली कांग्रेस र बीजेपीबीच मात्र होइन सरकारी तहमा समेत सकारात्मक अर्थ राख्नेछ । यसको परिणामा देखिन थाल्नेछ । बीजेपी पाटी अध्यक्षदेखि अन्य वरिष्ठ तहमा रहेका नेताहरुसँग भेट भयो । तीन घण्टा भन्दा लामो अन्तरक्रिया भयो । नेपालीको कांग्रेसको धारणा, वर्तमान सरकारको अवस्था र भारतीयप्रति नेपाली भाव र नेपाल प्रति भारतीय भाव लगायतमा खुला छलफल भयो । एक अर्काका राम्रा अभ्यासहरु अनुसरण गर्नेदेखि सरकारी तहमा सम्बन्ध निकै बलियो बनाउने कुरा भयो । यस्तो भ्रमणलाई निरन्तरता दिने र सहकार्य बढाउँदै लैजाने विषयमा छलफल भएको छ ।
पार्टी तहको भ्रमण भए पनि सत्तासिन दल हुनाले सरकारतर्फ पनि केही कुरा भयो कि?
पक्कै पार्टीभित्र भएको छलफलसँगै दुवै सत्तारुढ दल हुनाले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भयो । नेपालमा भारत विरोधी कुराहरु आउनु भन्दा अघि नै सरकारी तहमा त्यसलाई समाधान गर्ने विषयमा पनि छलफल भएको छ । भारतको तर्फबाट पनि नेपाल तर्फको सम्बन्धलाई साच्चै संवेदनशिल सम्बन्धको रुपमा लिएर त्यसमा ध्यान दिनु पर्ने कुराहरु भएका छन् । खुला सीमा र आउजाउ सहज रहेको अवस्थामा हुने घटनाले राष्ट्रिय रुप लिएको विषय उठाउँदा त्यो तहमा उठाउन नपर्ने अवस्था कसरी सिर्जना गर्ने भन्नेमा छलफल भएको थियो । समस्यारहित सम्बन्धमा जोड दिने र एक अर्काका असल अभ्यास अनुसरण गरेर सम्बन्ध दरिलो पार्ने काम हुन आवश्यक छ ।
दुई मुलुकबीच विद्यमान विविध मुद्दाहरुमा त खासगरी भारतीय विदेश मन्त्री डा. एस जयशंकरसँग नै बढि छलफल भयो होला नि ?
पार्टीभित्र पनि कतिपय विषयमा छलफल भएको थियो । तर विदेशमन्त्री जयशंकरसँगको भेटमा त नेपालमा उठेका समग्र मुद्दाहरु राखे । तुइन प्रकरण, नोटबन्दीको कारण सटही हुन नपाएको भारु, सीमा विवाद, लगायत सबै मुद्दाहरु उठाए । उहाँले सबै कुरा सुन्नु भयो । नेपालले उठाएको मुद्दामा किन कुनै छलफल हुँदैन, भारत किन मौन रहन्छ भन्ने जिज्ञसामा उहाँले यस विषयमा बुझेर प्रक्रिया अघि बढाउन लगाउने बताउनुभएको छ । नेपालले पठाएको कूटनीतिक नोटको जवाफसमेत किन नदिएको भन्ने विषयसम्म हाम्रो टोलीले छलफल गरेको हो । भारतीय पक्ष पनि नेपालीसँग राम्रो सम्बन्ध राख्ने र यहाँ उठेका मुद्दाहरु समाधान गर्दै सहजीकरणमा जोड दिने भएका छन् । सीमाको विषयमा वार्ता प्रक्रिया अघि बढाउने, संयन्त्रहरुबीच निरन्तरसम्बन्ध राख्ने जस्ता कुराहरु भएका छन् । तल्लो तहमा हुने मिस्टेकलाई चिर्न दुवै तर्फबाट विशेष ध्यान पुर्याउने कुरा पनि भएकाे छ । नेपाललाई खोप उपलब्ध गराउने विषय पनि उठेको थियो । यसमा पनि सकारात्मक हुँदै तत्काल पठाउने जानकारी दिनुभएको छ । नोटहरु पनि नरोकिने र यसको जानकारी दिने काम हुनेछ । नेपालसँगको सम्वन्धलाई निकै चासोमा राखेका छौ । हामीले यस्ता विषय चिर्दै अघि बढ्न आवश्यक छ ।
ईपीजीको कुरा उठाउनु भयो कि ?
मैले इपीजी नै भनेर त उठाइन । समग्र विषयमा ध्यान दिन आवश्यक रहेको कुरा गरे । थाति रहेका र समाधान गर्न पर्ने विषयमा भारतले दतारुकता देखाउन आवश्यक रहेको कुरा राखे । यसमा भारत सकारात्मक देखिएको छ । हामीेले पनि सरकारको कुरा स्पष्ट पारेका छौँ । विदेश मन्त्री जयशंकरले पनि नेपालसँगको सम्बन्धलाई भारतले जोड दिएको र सबै समस्याहरु प्राथमिकताको आधारमा समाधान गर्दै जाने बताउनु भएको छ । त्यसमा काम नै थालिएको जानकारी पनि दिनु भएको छ । हामीले पनि कतिपय विषयहरु सडकबाट होइन टेवलमा राखेर कुरा गर्न पर्ने हुन्छ । त्यसमा हामी पनि चुकेकाले भारतीय पक्षबाट पनि स्थान पाएको हो । कुनै पनि खालको हिनता बोध नगरी हामीले हाम्रो कुरा राख्नुपर्छ । त्यसमा म स्पष्ट छु र राख्ने गरेको पनि छु ।
अनि यता कांग्रेस महाधिवेशन आउँदै गर्दा सम्वन्ध सुधारको प्रयास हुनुले थप केही संकेत गर्छ कि ?
मैले अघि नै भने असल अभ्यासहरु एक अर्कामा अवलम्बन गर्ने हो । यहाँको अधिवेशन आन्तरिक कुरा हो । अधिवेशनमा हामीले भारत, चीनमात्र होइन अन्य मित्र राष्ट्रका राजनीतिक दलका प्रतिनिधि बोलाउने गरेका छौ, बोलाउँछौ । यो भ्रमणलाई आगामी महाधिवेशनसँग जोड्न पर्ने देख्दिन । पार्टीगत छलफल हुँदा कांग्रेस अधिवेशन आउन लागेको कुरा जानकारी गरायौँ । उहाँहरुले सफलताको कामना गर्नुभयो । त्यसबाहेक अन्य के हुनसक्छ र?
अनि उता उत्तरप्रदेशका मुख्य मन्त्री आदित्यनाथसँगको छलफल कस्तो रह्यो ?
नेपालको बारेमा धेरै ज्ञान र जानकार भएको व्यक्ति हुनुहुन्छ आदित्य नाथ । मैले उहाँबाट नेपाल प्रति विशेष फिलिङ रहेको पाएँ । नेपालको सबै पाटो बुझ्नु भएका उहाँले विदेश विभाग इन्चार्जलाई देखाएर भन्नुभएको छ, ‘नेपालको राष्ट्रियता बलियो हुनपर्छ । नेपालीहरु स्वभिमान, विश्वासिला र निडर छन भन्ने हामीले भुल्न हुँदैन ।’ नेपालको राष्ट्रियता बलियो हुँदा भारतलाई पनि राम्रो हुने भन्दै नेपालसँगको सम्बन्धमा ध्यान दिनुपर्ने र आफूले त्यसमा काम गरिरहेको बताउनुभयो । नेपालको विकासमा भारतले गर्न सक्ने मद्दत गर्न आवश्यक छ । बनारस करिडोरले बनारसमा रहेको पशुपतिनाथ मन्दिरलाई असर गर्न सक्ने कुरा पनि उठाएँ । त्यो विषयमा पहिले नै भारतीय पक्ष सजग रहेको जानकारी पाएँ ।
लखनउमा पनि बीजेपी नेताहरुसँग छलपफल भयो । उत्तराखण्डमा एक जिल्ला एक ‘प्रोडक्ट’ कार्यक्रम अघि बढाएको रहेछ । त्यो निकै सफल रहेको भन्दै त्यस्तै कुनै मोडलमा जाने सुझाव पनि दिएको पाए । त्यहाँबाट बनारमा पनि अन्तरक्रिया भयो । बनारस हिन्दु विश्वविद्यालयमा भएको अन्तरक्रियामा नेपालको पछिल्ला अवस्था, भारतसँगको सम्बन्ध लगायतको कुराहरु आए । त्यसमा हामीले जवाफ दियौँ । समग्रमा भ्रमण राम्रो भयो । नेपालसँगको सम्बन्ध राम्रो बताउन पर्छ भन्नेमा भारतीयहरुको ध्यान केन्द्रीत रहेको पाएँ ।
यहाँ त पूर्व परराष्ट्र मन्त्री र पार्टीमा पनि सहमहामन्त्री भइसकेको व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट त भएन छ नि ?
उहाँहरुले जुन प्रकारको कार्यक्रम तय गर्नु भयो त्यसलाई स्वीकार गरियो । हामीले उहाँलाई वा कसैलाई भेटाउनु भनेर आग्रह गरेनौँ । उहाँहरुले नै बुझेर गर्नपर्ने काम हो । कसरी यो तालिकामा हामीले उहाँसँगको भेट पनि मिलाई दिनु भन्नु र ? भनेनौ, सायद उहाँ अन्य कुनै प्रकारको काममा व्यस्त भएर पनि होला । पार्टी अध्यक्ष र विदेशमन्त्री सबैसँग लामो छलफल भएको छ । एक अर्कालाई बुझाउन सफल भयौँ झै लाग्छ ।अगामी दिनमा पनि यो प्रकारको भ्रमण हुने नै छ ।

‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’: म…

युवा केन्द्रित नीति जरुरी छः अध्यक्ष श्रेष्ठ

पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको गन्तव्य प्रचार गर्दैछौंः सिताराम घिमिरे…

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ

राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल

जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

संघीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो

प्रतिक्रिया