दसैंलाई लक्षित गरेर कैलाली प्रहरीले ड्रोनबाट समेत सुरक्षा चेकजाँच बढायो

कैलाली - दसैंलाई लक्षित गरेर कैलाली प्रहरीले ड्रोनबाट समेत सुरक्षा चेकजाँच बढाएको छ। नेपालीहरूको महान पर्व बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीद्वारा तयार पारिएको सुरक्षा योजना २०७८ अनुरुप कुकुरका साथै ड्रोनबाट समेत सुरक्षा चेकजाँच गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटिरहित, भरपर्दो, विश्वसनीय बनाउनुका साथै जनजीवनलाई सुखमय बनाउन र नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन बढी भिडभाड हुने क्षेत्रमा ड्रोनको प्रयोग गरेर सुरक्षा चेकजाँच गरिएको बताए ।
दसैंका बेला घरमा ताला ठोकेर जानू पर्ने अवस्था आएमा प्रहरीलाई जानकारी गराउन भन्दै सम्पुर्ण नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी लागि परेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया