प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवलाई दाहाल-नेपालले पेरिसडाँडामा बिफ्रिङ गर्दै

काठमाडौं : सत्तारुढ नेकपाको विवाद चर्किरहेको बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले पेरिसडाँडामा भेला आयोजना गरेका छन् । प्रदेश नम्बर १ जिल्ला अध्यक्ष र सचिवको उपस्थित हुने भेलामा दाहाल र नेपालले सम्बोधन गर्नेछन् । आज दिउँसो १२ बजेदेखि भेला सुरु हुने बताइएको छ ।
जसमा प्रदेश १ का इन्चार्ज भीम आचार्यले पनि सम्बोधन गर्ने तयारी छ । आचार्य नेपाल निकट हुन् । सो भेलामा प्रदेश १ का दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य पनि उपस्थित हुने एक नेताले जानकारी दिए । उनका अनुसार पार्टीभित्रको विवादबारे आफ्ना नेता/कार्यकर्तालाई दाहाल-नेपाल बिफ्रिङ गर्नेछन् ।
सरकार सञ्चालन, पार्टीको विवादबारे के गर्ने भन्नेबारे सुझाव लिने पनि बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सल्लाह नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेपछि झन् विवादले उग्र रुप लिएको छ ।

महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमका पिता लालबीर चौधरी

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : मन्त्री आरजु

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

प्रतिक्रिया