रुबीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ : अभियान्ता तथा महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन अधिकारकर्मी रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर केही दिनअघि काठमाडौं आइपुगेको थियो ।
उनले काठमाडौँमा न्यायको माग गर्दै आन्दोलन चर्काएपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा चलाएको थियो । सो मुद्दाविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ । साथै उनलाई धरपकड नगर्न पनि सर्वोच्च अदालतको आदेशमा उल्लेख छ ।
दुई महिलाको न्यायको माग गर्दै रुबीसहितको टोलीले काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिइरहेको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

प्रतिक्रिया