जेसिसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

बुटवल : नेपाल जेसिसको ४७औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि आज मतदान हुँदैछ । भलवारी जेसीजको आतिथ्यतामा रुपन्देहीको भलवारीमा महाधिवेशन चलिरहेको छ । नेपाल जेसिसको आगामी एक वर्षे कार्यकालको लागि दुई जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा बिसहजार जेसिस चितवनबाट अरुणेश्वर खनाल र त्रिभुवननगर जेसिस दाङबाट लालमणि भण्डारी प्रतिस्पर्धामा छन् ।
त्यस्तै ४ कार्यकारिणी उपाध्यक्ष, १२ उपाध्यक्ष पदमा पनि मतदान हुनेछ । नेपाल जेसिसको विधान अनुसार महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था छ । नेतृत्व चयनको लागि नेपाल जेसिसका १ सय ५६ शाखाबाट १ हजार ८सय ५० जना मतदानमा सहभागी हुनेछन् ।
शुक्रबार अवेरबाट मतदान सुरु हुने आतिथ्य शाखा भलवारी जेसिसका अध्यक्ष चिरञ्जिवी बस्यालले जानकारी दिए । उनका अनुसार मतदान सुरु भएको करिव ८ घण्टामा मदतान सकिने छ भने त्यसपछि लगत्तै मतगणना गरिने छ । जेसिसमा झण्डै १७ सय मतदाता रहेका छन् । करिव १५ सय मत खस्ने आयोजकको अनुमान रहेको छ ।
अहिले खनाल र भण्डारी पक्षका समर्थकहरूले नारावासी गर्दै मत मागिरहेका छन् । मतदानस्थल भलवारीमा अहिले चुनावी रौनक निकै तातेको छ ।
कोभिड–१९ महामारीका कारण भौतिक दुरी कायम गरेर मतदान गराउनु पर्ने भएकाले मतदानको समय बढी लाग्ने बस्याल बताउँछन् । मतदान ईलेक्ट्रिक भोटिङ् सिष्टमबाट हुनेछ । जेसिस सम्मेलनको पुस १ गते नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले उद्घाटन गरेका थिए ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

प्रतिक्रिया