बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

पेरिसडाँडामा दाहाल-नेपाल समूहको भेला सुरु

फाइल तस्बिर

काठमाडौं : सत्‍तारुढ नेकपाको विवाद चर्किरहेको बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहको भेला पेरिसडाँडामा सुरु भएको छ । सो भेलामा प्रदेश नम्बर १ जिल्‍ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यसहित उपस्थित भएका छन् ।

पार्टीभित्रको विवादबारे आफ्‍ना नेता/कार्यकर्तालाई दाहाल-नेपालले बिफ्रिङ गर्ने बताइएको छ ।

सरकार सञ्‍चालन, पार्टीको विवादबारे के गर्ने भन्‍नेबारे सुझाव लिने पनि बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सल्लाह नगरी संवैधानिक परिषद्‍ सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेपछि झन्‌ विवादले उग्र रुप लिएको छ ।