मनकामना केबुलकार नियमित सञ्चालनमा

काठमाडौँ - मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको मुख्य चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।
विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए ।
गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो ।
गत भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताए ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया