‘स्टार किडभन्दा बाहिरिया ठूला स्टार ’

मुम्बई : केही समययता बलिउड नातावादको बहसमा अल्झिएको छ । सुशान्त सिंह राजपुतको मृत्युपछि तातिएको यो बहस अझै राम्ररी सेलाएको छैन । आजभोलि अन्तर्वार्तामा देखिने हरकोही सेलिब्रेटी यो प्रश्नको सिकार हुन्छन् । हालसाल तमन्ना भाटियाले पनि यो प्रश्न झेलिन् । तर, बाँकी धेरै अभिनेत्री जस्तै उनले पनि प्रतिभा छ भने बाहिरको वा भित्रको भन्ने कुराले फरक नपार्ने जवाफ दिइन् ।
‘हो म उद्योगको होइन । मेरा कोही गडफादर वा गुरु थिएनन् । त्यसका बावजुद पनि मैले जे जति फिल्म र माया पाएँ त्यो कल्पना पनि गरेकी थिइँन । यदि तपाईं कामप्रति प्रतिवद्ध हुनुहुन्छ भने तपाईं टिक्नु हुन्छ,’ उनको भनाइ छ । उनले आजका दिनमा सबैभन्दा ठूला स्टार कलाकारका छोरा छोरी नभएर बाहिरबाट आएकै कलाकार रहेको पनि दाबी गरिन् । ‘आजका सबैभन्दा ठूला स्टार बाहिरिया हुन् ।
राम्रो काम र प्रतिभा बिक्छ,’ उनको कथन थियो । पछिल्ला समय बलिउडमा चलिरहेका विवादमा पनि आफ्नो धारणा राख्दै उनले बलिउडलाई निशाना बनाउन सजिलो भएको कारण पनि विवाद बढेको उनको बुझाइ छ । ‘तर यो विवादले हामीलाई सामाजिक उत्तरदायित्व बुझ्न र चनाखो हुन सचेत बनाएका छौं । अब हामी थप सचेत हुन्छौं,’ उनले भनेकी छिन् । ‘हिम्मतवाला’बाट हिन्दी फिल्ममा डेब्यु गरेकी तमन्ना चाँडै नै ‘बोले चुँडिया’मा देखिँदैछिन् ।

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

सैफअली हमला : आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा

एक्समा फ्लोअर्स नबढेपछि अभिताभ बच्चनलाई फ्यानले दिए यस्ता सुझाव

श्रीनगरमा ३८ वर्षपछि पहिलो फिल्मको रेड कार्पेट प्रिमियर

प्रतिक्रिया